जहाँ विकास पछाडि छ, चर्च अगाडि

धादिङको उत्तरी क्षेत्रमा विकासले बाटो बिर्सिएको छ, तर इसाई सुसमाचार भने 'फलामको तगारो' बाट छिरेर ती गाउँहरूसम्म पुगेको छ। केही दशक यता इसाई धर्म अँगाल्ने मानिसहरूको संख्या लगातार बढिरहेको छ। अचेल त्यहाँका तामाङहरू गुम्बाभन्दा चर्चतर्फ बढी आकर्षित छन्। युगौंदेखि मानिआएको ल्होसारभन्दा भर्खरै जानेको क्रिसमस धुमधामकासाथ मनाउँछन्। गाउँहरूमा गुम्बाभन्दा दुई गुणा बढी चर्चहरू बनिसकेका छन्। पुरानो बौद्ध धर्म छाडेर नयाँ इसाई धर्म ग्रहण गर्नेहरूको संख्या दिनहुँजसो बढ्दैछ।

तिप्लिङ गाउँ

तिप्लिङ गाउँ

'धुपीको सीमाना र फलामको तगारो' पार गरेर मात्र धादिङ जिल्लाको उत्तरी हिमाली क्षेत्रमा पुग्न सकिन्छ। झार्लाङ गाउँको पुछारमा रहेको काठको परम्परागत प्रवेशद्वार 'कानी' लाई स्थानीय वासिन्दाहरू फलामको तगारो भन्छन् र त्यसमाथि रहेको धुपीको बोटले आफ्नो 'तामाङ राज्य' को सीमाना छुट्याएको ठान्छन् । सो 'तामाङ राज्य' भित्र तिप्लिङ, सेर्तुङ, झार्लाङ, लापा र रि गरी हालका पाँचवटा गाउँ विकास समितिहरू रहेको विश्वास उनीहरूको छ।

ती हिमाली गाउँहरूमा जाने बाटो त्यही 'धुपीको सीमाना र फलामे तगारो भएर जान्छ। केही वर्ष अघिसम्म बाहिरीयाहरूलाई त्यहाँ जान प्रतिबन्धसरह थियो । तर, इसाई सुसमाचार भने 'फलामको तगारो' बाट छिरेर ती गाउँहरूसम्म पुगेको छ। केही दशक यता इसाई धर्म अंगाल्ने मानिसहरूको संख्या लगातार बढिरहेको छ । अचेल त्यहाँका तामाङहरू गुम्बाभन्दा चर्चतर्फ बढी आकर्षित छन् । युगौंदेखि मानिआएको ल्होसारभन्दा भर्खरै जानेको क्रिसमश धुमधामकासाथ मनाउँछन् । गाउँहरूमा गुम्बाभन्दा दुई गुणा बढी चर्चहरू बनिसकेका छन्। पुरानो बौद्ध धर्म छाडेर नयाँ इसाई धर्म ग्रहण गर्नेहरूको संख्या दिनहुँजसो बढ्दैछ ।

तर, नयाँ धर्मसंगै कलह पनि भित्रिएको छ।

सदरमुकाम धादिङवेंसीबाट दुई दिन पैदल हिँडेपछि पुगिने झार्लाङ गाउँदेखि चिसो हिमाली हावा बहेको महसुस हुन्छ र त्यहींबाट दुइटा भिन्नखाले धार्मिक समुदायबीच तातो टक्कर पनि शुरु हुन्छ। विश्वको एकमात्र हिन्दू अधिराज्यमा बौद्ध र इसाई धर्मावलम्बीहरूबीचको दुर्लभ द्वन्द्व त्यहाँ देख्न सकिन्छ।

सोही क्षेत्रबाट संसद्‍मा चुनिएका बुद्धिमान तामाङका अनुसार ती गाउँहरूमा करिब ३० वर्षअघि बुटवल र पोखरा हुँदै इसाई धर्म छिरेको थियो गाउँबाट 'बडुली भारी' बोक्नगएका भरियाहरूले सबैभन्दा पहिला इसाई धर्म ग्रहण गरेका थिए। काठमाडौँ र पोखरा सुनौली राजमार्ग बन्नुअघि बुटवलबाट स्याङ्जा, पोखरा, बाग्लुङ र गोरखासम्म मालसामान बोक्ने कामलाई धादिङका भरियाहरू 'बडुली भारी' भन्ने गर्थे ।

यसैगरी झार्लाङमा गएको पहिरोबाट विस्थापित तीनसय परिवारहरूलाई २०३२ सालमा कैलाली र कञ्चनपुर लगेर पुनर्वास गराइएको थियो। तिनैमध्येका केही व्यक्तिहरूले त्यहीं 'बप्तिस्मा लिएर इसाई धर्म ग्रहण गरे । पछि उनीहरूकै माध्यमबाट झार्लाङमा पनि सो धर्मको बीजारोपण भएको कुरा झार्लाङ गाविसका अध्यक्ष दिलबहादुर तामाङ बताउँछन् ।

त्यसपछि बाहिरबाट गएका इसाई धर्म प्रचारकहरूको अथक प्रयत्नले गर्दा छेउछाउका गाउँहरूमा पनि विस्तारै फैलियो । पूर्वमन्त्री बुद्धिमान तामाङ भन्छन्- 'रि र झार्लाङमा त पञ्चायतकालमै ९९ प्रतिशत जनता इसाई थिए। २०४६ सालपछिको खुल्ला परिवेशले गर्दा अरू गाउँमा पनि इसाईहरू स्वात्तै बढे ।


२०४८ सालको जनगणनाअनुसार धादिङ्ग जिल्लाभरिमा बौद्धमार्गीहरूको संख्या ५५ हजारजति थियो भने इसाईहरू ६ हजारको हाराहारीमा मात्र थिए तर अहिले केही अपवादबाहेक झार्लाङ, रि र तिप्लिङ गाविसका सतप्रतिशत बासिन्दा इसाई धर्मावलम्बी भइसकेका छन् । यी तीनवटा गाविसको जनसंख्या जोड्दा नै ११ हजार नाघ्छ ।

यसबाहेक दार्खा' गाविसमा कूल जनसंख्याको ५० प्रतिशत जति बासिन्दाहरूले इसाई धर्म अंगालेका छन् । गुम्दी, मार्पाक, सत्यदेवी, फुलखर्क र मैदी गाविसमा पनि इसाईहरू प्रभावशाली स्थितिमा छन् । सेर्तुङ र लापा गाविसका इसाईधर्मीहरूलाई चाहिं बौद्ध धर्ममै फर्काउने प्रयास भएको पनि पाइन्छ । समग्र स्थितिको अध्ययन गर्दा उत्तरी धादिङ 'इसाई साम्राज्य'को नेपाली नमूनाको रूपमा विकसित भैसकेको छ ।

गणेश हिमालको फेदी सोमदाङ (तिप्लिङ) मा सानो झुप्रोमा बस्ने सुब्बा घले इसाई भएको सात वर्ष भयो । उनी भन्छन्- 'मैले आमा, पत्नी, दाजुभाइ, दिदी- भिनाजुसहित १४ जनालाई इसाई बनाएँ ।'

इसाई धर्म अंगालेपछि कम्तीमा अर्को एकजनालाई इसाई बनाउनुपर्ने चलन त्यहाँ छ । सो धर्म तीव्र रूपमा विस्तार हुनुको एउटा कारण यो पनि हो । अगुवा इसाई कार्यकर्ताहरू धर्म प्रचार गर्नुलाई 'प्रभुको आदेश' मान्छन् र बाइबलको निम्न अंश (म्याथ्यु १८- २०) सुनाएर आफ्नो कर्तव्य स्पष्ट पार्छन्ः

"प्रभु येशू आएर तिनीहरूलाई भन्नुभयो- मलाई स्वर्ग र पृथ्वीको सबै अधिकार प्राप्त छ । त्यसैले पिता, पुत्र र पवित्र आत्माका नाउँमा सबै राष्ट्रमा गएर शिष्यहरू बनाऊ"

त्यहाँ पढ्न जान्ने नजान्ने सबैसँग बाइबल भेटिन्छ र त्यसमा भएको धेरै अंश धेरै जनालाई कण्ठै छ । साना केटाकेटीसमेत इसाई भजन गाइरहेका भेटिन्छन् । काठमाडौबाट लगिएका इसाई धर्मसम्बन्धी पुस्तक तथा पत्र-पत्रिकाहरू घर-घरमा बाँड्ने गरिन्छ ।

विपन्न जनजीवन

नेपालविद् स्वीस विद्वान टोनी हेगेनका अनुसार तामाङ जातिको प्राचिन थलो त्रिशुली नदी र बुढी गण्डकीले घेरिएको गणेश हिमालको दक्षिणी पाटो हो। त्यस क्षेत्रअन्तर्गत हाल धादिङ जिल्लाका तिप्लिङ, सेर्तुङ, झार्लाङ, रि, लापा, दार्खा, गुम्दी, मार्पाक, सत्यदेवी, फुलखर्कलगायतका गाउँ विकास समिति (गाविस) हरू पर्छन् । ती गाउँहरूमा बहुसंख्यक वासिन्दा अहिले पनि तामाङहरू नै छन् । पहिलेभन्दा फरक के छ भने आजकल उनीहरूमा धर्म परिवर्तन गर्ने लहर चलिरहेको छ ।

चीनसँग सीमाना जोडिएको धादिङको सबैभन्दा उत्तरी गाविस तिप्लिङ गणेश हिमालको काखैमा रहेको छ । सदरमुकाम धादिङवेशीबाट चार दिन हिंडेर मात्र त्यहाँ पुग्न सकिन्छ । रसुवाबाट सोमदाङ हुँदै हिमालचुली काटेर तिप्लिङ पुग्ने वैकल्पिक बाटो पनि छ, तर अत्यधिक हिमपातले गर्दा त्यो बाटो भएर जान कठीन हुन्छ ।

तिप्लिङको दक्षिणपट्टि सेर्तुङ र झार्लाङ गाविस तथा पश्चिमपट्टि आँखु खोलापारिका लापा र रि गाविस पनि उत्तिकै विकट रहेका छन्। पुरानो तामाङ राज्य यिनै पाँचवटा गाउँहरूले बनेको कुरा स्थानीय वासिन्दाहरू बताउँछन् । अहिले पनि सो 'राज्य' भित्रका कुरा प्रशासनले हतपत्ति थाहा पाउँदैन । धादिङ जिल्ला विकास समिति (जिविस) का सभापति खेमप्रसाद लोहनी भन्छन्- 'त्यहाँ ठूला-ठूला झगडा पनि उनीहरू आफैले मिलाउँछन् । मान्छे मारेको घटनासमेत हामीलाई थाहा हुन्न।

ती गाउँहरूमा 'विकास' टाढाको कथा भएको छ, दरिद्रता नजिकको साथी भएजस्तो। गाउँलेहरू सामाजिक, आर्थिक, शैक्षिक सबै दृष्टिकोणबाट पिछडिएका छन् । स्थिति यस्तो छ कि वर्षभरिको मिहिनेतले तीन महिना मात्र खान पुग्छ । चामलको कुरा छाडौं उसिनेको आलु र डिंडो वर्षभरि सजिलै खान पाउनु त्यहाँको निम्ति सम्पन्नताको संकेत हो। प्रकृतिले पनि उनीहरूलाई ठगेको छ। सेर्तुङ गाविसका अध्यक्ष धनबहादुर तामाङ भन्छन्- 'यहाँ आलु, कोदो र जौबाहेक अरू कुनै अन्न फल्दैन । त्यही पनि असोजमा छरेको जौ अर्को वर्षको असारमा मात्र बल्लतल्ल पाक्छ ।'

मोटरबाटो नजिक नहुनाले अर्को समस्या छ । नून-तेल किन्न पनि गाउँलेहरू चार दिन हिंडेर धादिङवेसी बजार झर्नुपर्छ। चार दिन जाँदा, चार दिन आउँदा गरी आठ दिन लाग्छ। एक वर्षमा एक महिनाभन्दा बढी त उनीहरू हिंडेर नै बिताउँछन् ।

त्यस क्षेत्रका मान्छेहरूको निश्चित आयस्रोत खासै केही छैन। धेरैजसोले भरिया काम गरेर पेट पालिरहेका छन्। कसै-कसैले हिमाली भेकमा पाइने चिराइतो, पांच औंले, जटामसी, नीरमसीजस्ता जडीबुटीहरू संकलन गरेर बेच्ने गरेका छन् भने सेता दुश (स्वार्ज) खोज्ने काममा पनि केही मानिसहरू लागेका छन् । ट्रेकिङ गाइडको काम गर्ने र सेनामा जागिर खानेहरू थोरै संख्यामा भेटिन्छन् । पढेका र टाठाबाठाहरू कोही गाउँमा बस्दैनन् ।

विद्यालयहरू साह्रै थोरै छन् । शिक्षित जनशक्ति त्योभन्दा थोरै छ । ४३६ घर र २१ सयजति जनसंख्या भएको तिप्लिङ गाविसमा एकजना कमल तामाङले मात्र एस. एल. सी. परीक्षा पास गरेका छन्। सरकारी तथ्यांकअनुसार ३,८९१ जनसंख्या रहेको झार्लाङबाट दुईजना र ३,६२१ जनसंख्या रहेको सेर्तुङबाट १० जनाले एस.एल.सी. पास गरेका छन्। यसैगरी लापाका एकजना ररि गाउँका दुईजनाले आई.ए. पास गरेका छन् भने दार्खा गाविसमा बी.ए. पास गर्ने एकजना छन् ।

"उत्तरी धादिङका यी गाउँहरू सबै एकैखाले छन् । घरहरू एकनासका छन्- बुश र माटोको गारो अनि काठको छाना लगाइएका जस्ताको छाना लगाइएका घरहरू मुश्किलले भेटिन्छन्। सेर्तुङ गाविसको बोराड गाउँमा राप्रपा नेता तथा पूर्वमन्त्री बुद्धिमान तामाङको पुख्यौली घर त्यस्तै विरलै भेटिने घरहरूमध्ये पर्दछ । बुद्धिमान तामाङ मन्त्री भए पनि नभए पनि स्थानीय जनताले उनलाई जहिलेसुकै मन्त्री भन्दछन् र अरू गाउँका मान्छेले पूरै सेर्तुङलाई 'मन्त्री गाउँ' भन्ने गरेका छन् ।

'मन्त्री गार्ड' प्रति खेउछाउका अन्य गाउँहरूमा आरीस पनि छ। 'मन्त्री' से आफ्नो गाउँमा मात्र विकास गरेको गुनासो अरू गाउँका मानिसहरूको छ। नभन्दै 'मन्त्री गाउँ' मा पी.सी.ओ. राखिएको छ, प्रहरी चौकी र माध्यमिक विद्यालय पनि छ

इसाई बनाउने औषधि

गरिबी, पछौटेपन र कु-प्रथाहरूले गर्दा आफ्नो जिल्ला इसाई धर्मको लागि उर्वरभूमि हुन पुगेको निष्कर्ष जिविस सभापति खेमप्रसाद लोहनीले निकालेका छन् । उनको भनाइमा झांक्री प्रथाको घातक परम्पराले गर्दा इसाई धर्मको प्रभाव विस्तार हुन सजिलो परेको हो।

तामाङ समाजमा अन्धविश्वासका रूपमा रहेको झांक्री परम्पराअनुसार कोही व्यक्ति बिरामी हुनेवित्तिकै बेन्बो (झाँक्री) लाई बोलाएर भूतप्रेत हटाउने नाममा चामले, रक्सी, भाले र बोका चढाउनुपर्ने चलन थियो । झांक्रीले एकै रातमा ५/६ वटा बोका काट्न लगाएको उदाहरण पनि छ । अन्तमा धेरैजसो बिरामी मर्ने, बांच्नेको सम्पत्ति स्वाहा हुन्थ्यो झांक्रीलाई चढाउन ऋणमा ल्याइएको बोका एक वर्षभित्र तिर्न नसकेमा दोस्रो वर्षमा दुईवटा बोका तिर्नुपर्ने हुन्छ', तिप्लिङनिवासी पूर्ण तामाङ जानकारी दिन्छन् ।

झार्लाङ गाविसका अध्यक्ष दिलबहादुर तामाङ झांक्री प्रथाकै कारण आफू इसाई हुन पुगेको बताउँछन् । उनकै शब्दमा, 'वास्तवमा म आफै पनि झांक्री थिएँ। मैले सानैदेखि झाँक्री बसेर कैयौं ठाउँमा भूतप्रेत भगाउने नाममा बोका र कुखुरा काट्न लगाउँथे । तर म के गर्दैछु, आफैलाई थाहा हुँदैनथ्यो। पछि मेरी आमा विरामी हुनुभयो । झांक्रीले भनेबमोजिम ११ वटा बाख्रा काट्दा पनि आमा निको हुनुभएन। त्यसैबीच एकजनाले प्रभु येशूको प्रार्थना गरेर औषधि दिनुभयो। अनि आमालाई बिसेक भयो । त्यसैबेलादेखि हामी जीवनदान दिने प्रभूको शरणमा गयौ ।

दिलबहादुरकै नियति भोग्ने मानिसहरू गाउँ- गाउँमा धेरै छन् । उनीहरूको अज्ञानतालाई इसाई धर्म प्रचारकहरूले उपयोग गरेका छन्। ती प्रचारकहरूले एक हातमा औषधि र अर्को हातमा बाइबल बोकेर चलाखी गरेका छन् । इसाई धर्मको विरोध गर्ने तिप्लिङ गाविसका अध्यक्ष फैसङ घले भन्छन्- बिरामी औषधिले निको हुन्छ, तर उनीहरू बाइबल पढेकोले विसेको भएको प्रचार गर्छन् र आफूलाई प्रभू येशूले पठाएको भन्ने गर्छन् । त्यसबाट प्रभावित भएका सोझा गाउँलेहरू इसाई भइहाल्छन्।

उत्तरी धादिङमा औषधिको आगमनले झांक्री प्रथा त विस्थापित भयो नै, साथसाथै पुरानो धर्म पनि बहिष्कृत हुँदैगयो । झांक्री प्रथालाई प्रोत्साहन दिने बौद्ध धर्मलाई छाडेर गाउनेहरू 'औषधि लिएर आएको' इसाई धर्म अंगाल्न पुगे। यस किसिमबाट धर्म परिवर्तन गराउनमा शुरूमा काठमाडौंबाट गएका फादर क्यासपर जे. मिलर र डा. पाउल टोमेको महत्त्वपूर्ण भूमिका भएको मानिन्छ ।

क्याम्पस पढ्ने सेर्तुङका थोरै युवामध्येका एक काठमाडौं सरस्वती क्याम्पसमा अध्ययनरत सप्तकुमार घलेले बताएअनुसार त्यस क्षेत्रमा इसाई धर्म प्रचारका 'जड' नै फादर मिलर हुन्। उनले वर्षौंसम्म तिप्लिङमा बसेर सो कार्य सञ्चालन गरेका थिए। नेपाली र तामाङ भाषासमेत राम्ररी बोल्ने जान्ने पश्चिमेली मूलका फादर मिलर बेलाबखत अझै त्यहाँ जाने गर्छन् ।

फादर मिलर र डा. टोमेसमेतको सहयोगबाट तिप्लिङमा एउटा हेल्थपोष्ट पनि खोलिएको छ। सन् १९९२ मा स्थापित सो हेल्थपोष्टको सञ्चालन हिमालयन स्वास्थ्य सेवा नामको गैरसरकारी संस्थाले गरिरहेको छ। त्यस संस्थाले इसाई धर्म प्रचार गरेको उजुरी गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा परिसकेको छ। तर, संस्थाका संयोजक शरद पराजुली धर्म प्रचारको आरोप सरासर झुटो भएको दाबी गर्छन। मिलरको आग्रहमा डा. टोमेले हेल्थपोष्टलाई केही पैसा र औषधि दिएको कुराचाहि उनले अस्वीकार गरेनन् ।

ललितपुरको सेन्ट जेभियर्स स्कूलमा फादर मिलरको विद्यार्थी रहिसकेका पराजुलीले बताए- फादर मिलर हामी जानुभन्दा तीन वर्षअघि नै धामी झांक्रीको अनुसन्धान गर्न भनेर त्यहाँ जाने गरेका रहेछन् ।

अमेरिकाको अर्नावो विश्वविद्यालयका टोम फ्रिकी नामका एक मानवशास्त्री पनि तामाङ जातिको अध्ययन गर्न भनेर धादिङको उत्तरी क्षेत्रमा लामो अवधिसम्म बसेका थिए। भाइनयार्ड, जाउलाखेलमा कार्यरत भारत, मेघालयका इसाई धर्म प्रचारक एच. एस. डान पनि तिप्लिङ बारम्बार जाने गर्छन् । पछिल्लो पटक त्यहाँ पुगेका बखत एक प्रश्नको जवाफमा उनले भने 'म पास्टर हुँ। जहाँ गए पनि प्रभूको प्रचार गर्नु मेरो कर्तव्य हो ।

रि गाउंमा एक फ्रान्सेली महिलाको आर्थिक सहयोगमा सञ्चालित एउटा संस्था र तिप्लिङस्थित प्याल्दोर हिमाल युवा क्लव इसाई गतिविधिमा प्रत्यक्ष रूपमा सामेल छन् । झार्लाङ गाविसका अध्यक्ष दिलबहादुर - तामाङ आफू यूनाइटेड मिसन टु नेपाल (यूएमएन) को कर्मचारी पनि रहेको निर्धक्क बताउँछन् । हाल उनले यूएमएनअन्तर्गतको संस्था 'मानव विकास सञ्चार सेवा सञ्चालन गरिरहेका छन् ।

केही वर्षअघि तिप्लिङमा आगलागीमा परेर जल्नाले हर्क तामाङको शरीर पूरै खुम्चियो । गाउंमै बसेका भए उनी मर्न पनि सक्थे, तर फादर मिलरने उनलाई काठमाडौ लगेर महिनौ दिनसम्म उपचार गराए। बिसेक भएर फर्कदा उनी कट्टर इसाई बनिसकेका थिए। त्यति मात्र होइन, हालै उनलाई बाइबल अध्ययन गर्न चार वर्षका लागि मद्रास पठाएपछि त धेरै युवाहरू त्यस्तै 'मौका' पाउने आशामा मिलरको पछाडि लागेका छन् ।

"कुनचाहि बौद्ध वा हिन्दू संस्थाले नेपालीलाई विदेशमा डाक्टर र इन्जिनियरिङ पढ्न पठाएको छ ? इसाईहरूलाई विदेशमा पढ्न पठाइन्छ। रि गाउँको एकजना केटा अमेरिकामा इसाई धर्ममा डक्टरेट गर्दछ कुनचाहिं गैरइसाई धर्मले पैसा दिन्छ ? तर इसाईहरूले मासिक तलब बाँड्दछ'- 'पूर्वमन्त्री बुद्धिमान तामाङको विश्लेषण यस्तो छ ।

वास्तवमा आर्थिक प्रलोभन र अन्य सहुलियतहरूले गर्दा पनि धर्म परिवर्तनको सिलसिलामा बढिरहेको छ। सेर्तुङ गाविसका अध्यक्ष धनबहादुर तामाङको सोको ठम्याई छ 'हाम्रो गरिबीले नै इसाई धर्म फैलायो।’

तिप्लिङका अंगुवा इसाई कार्यकर्ता हेम तामाङ पैसाका लागि आफूले धर्म परिवर्तन गरेको स्वीकार्छन् । रि गाउँका अर्का इसाई युवा दावा तामाङको भनाई छ- 'गरिब नभएको भए शायद म इसाई हुने थिईन । धर्म प्रचारमा लाग्दा अलेली पैसा पाइन्छ।

केही अगुवा इसाई कार्यकर्ताहरूले त धर्म प्रचारलाई नै जीवनयापनको माध्यम बनाएका छन्। उनीहरूले मासिक तलब पाउने व्यवस्था छ। गुम्बा व्यवस्था तथा विकास समितिमा सदस्य सचिव रहेका सेर्तुङनिवासी मार्का तामाङ ठाडै भन्छन्- चिठी लेख्न पनि नजान्ने इसाईले महिनाको हजार रुपैयाँ तलब पाउँछन्।

हरेक चर्चमा रहने पास्टरहरूले चाहि अरूभन्दा बढी तलब पाउँछन् । उनीहरूको तलब काठमाडौस्थित सहयोगी चर्च वा संस्थाहरूबाट आउँछ।

ती गाउँहरूमा 'विकास' टाढाको कथा भएको छ, दरिद्रता नजिकको साथी भएजस्तो । गाउँलेहरू सामाजिक, आर्थिक, शैक्षिक सबै दृष्टिकोणबाट पिछडिएका छन् । स्थिति यस्तो छ कि वर्षभरिको मिहिनेतले तीन महिना मात्र खान पुग्छ ।

चर्चका ताँती

काठको छाना भएका परम्परागत घरहरूका बीचमा जस्ताको छाना लगाइएको चिटिक्क परेको घर देख्नेबित्तिकै अनुमान लगाए हुन्छ त्यो चर्च हो । सदरमुकाम धादिङवेंसीदेखि तिप्लिङसम्म चर्चहरूको ताँती नै छ। रि गाउँमा १९ वटा, झार्लाङमा १७ वटा, तिप्लिङमा १० वटा गरी त्यस भेगमा रहेका चर्चहरूको संख्या सब नाघेको छ। गुम्बाहरू भने धादिङ जिल्लाभरिमा गरेर ४० वटा मात्र अस्तित्वमा छन्।

हरेक वडामा कम्तिमा एउटा चर्च भेटिन्छ। तिप्लिङस्थित दोङदेन देवी प्रा. वि.का शिक्षक प्रकाश वाग्लेले अनुभव सुनाए 'यहाँ चर्च दुई रात" बना, स्कूल बन्न दुई वर्ष लाग्छ

चर्चहरूको निर्माणसँगै थोरै संख्यामा भए पनि गुम्बाहरू नबनेका होइनन् । गाउँको प्रवेशद्वारका रूपमा रहेका बौद्ध कानीहरूको संख्या पनि थपिदैछन्। तर, भिन्नता के छ भने गुम्बाहरू काठमाडौस्थित गुम्बा व्यवस्था तथा विकास समितिमार्फत् सरकारी बजेटमा बनिरहेका छन् र चर्चहरूचाहिं गैरसरकारी सम्भवतः विदेशी पैसाबाट खडा भइरहेका छन् । स्थानीय चर्चहरूले पाउने बाहिरी सहायताका बारेमा पास्टर भीममान तामाङले यति मात्र बताए- 'चर्च बनाउनको लागि विदेशीहरूले वा काठमाडौको चर्चले आवश्यक रकम र छानामा लगाउने जस्ता दिन्छन्- हामीने श्रमदान गर्नुपर्छ ।

धादिङका चर्चहरू कुनै न कुनै ढंगबाट काठमाडौका चर्च वा इसाई संस्थाहरूसँग गाँसिएका छन् । चर्चका अगुवाहरूले बढीभन्दा बड़ी सहयोग लिनका लागि नयाँ- नयाँ संस्थाहरूसँग सम्पर्क बढाइरहन्छन् । त्यसका निम्ति नयाँ चर्म खोल्ने र नयाँ मण्डली बनाउने काम त्यहाँ भइरहन्छन् ।

त्यस क्षेत्रमा क्याथोलिक सम्प्रदायका इसाईहरू अत्यन्त कम छन्, प्रोटस्टेन्टहरू बढी छन्। प्रोटेस्टेन्ट सम्प्रदायभित्र पनि चर्च अफ क्राइस्ट, जीवन मण्डली, बेथलेहम मण्डलीलगायतका थुप्रैखाले समूहहरू क्रियाशील छन् । उनीहरूका आ-आफ्ना अलग-अलग चर्च छन् । आफ्नो समूहमा सकेसम्म धेरै मान्छे थुपार्ने होडबाजी उनीहरूबीच चलिरहन्छ ।

चर्चका पास्टर र स्थानीय धर्म प्रचारकहरूलाई मासिक तलब उपलब्ध गराउनुका अतिरिक्त काठमाडौका ठूला चर्चहरूले निरन्तर अन्तरक्रिया र तालिम कार्यक्रम गरिरहन्छन् । गतसाल मंसीरमा डा. जोन मनकले धादिङका युवाहरूलाई राजधानीको जाउलाखेलमा ल्याएर 'आधारभूत 'अनुशासन' सम्बन्धी इसाई तालिम दिएका थिए। झाँक्री प्रथाको लोप

इसाई धर्मको विस्तारले उत्तरी धादिङका बासिन्दाको जीवनशैली, संस्कार र परम्परामा आमूल परिवर्तन ल्याएको छ । अन्धविश्वासले हुर्काएको झांकी प्रथा लोप भएको छ। इसाई धर्मको आगमनपछि ने झांकी प्रथा हराएको कुरा इसाईविरोधी पनि स्वीकार्छन् । अचेल झांक्रीहरू खोज्दा पनि नभेटिने बताउँदै स्थानीय गोठान प्रा.वि.का हिन्दू शिक्षक तुलानाथ सापकोटा भन्छन्- 'अहिले भूतप्रेतको नाउंमा झाँकीहरूलाई बोका चढाउनु पर्दैन । हेल्थपोष्टमा गएर उपचार गर्न पाइन्छ

इसाई गाउँहरूमा अचेल मदिरा सेवन गर्नेहरू एकाधजना मात्र भेटिन्छन्। यसअधि ती गाउँहरूमा रक्सीले मातेर झगडा गर्ने घटना दिनहुँजस्तो हुन्थ्यो । 'अहिले पहिलेजस्तो छैन। हामी इसाईहरू रक्सी खाँदैनौ, दार्खा गाउँका इसाईधर्मी रेगमान तामाङले बताए।

वास्तवमा उनीहरूलाई चर्चने कडाईका साथ धार्मिक अनुशासनको पाठ सिकाएको छ। चर्चमा हुने गरेको अर्थ संकलन यसको उदाहरण हो। प्रत्येक चर्चमा आइतबार र बिहीबार 'संगती' हुँदा हरेक सहभागीले आफ्नो गच्छेअनुसारको भेटी चढाउँछन् । यसभन्दा पनि दशांश संकलन प्रक्रिया गजबको छ दशांशअन्तर्गत प्रत्येक इसाई परिवारने आफ्नो आम्दानीको १० प्रतिशत भाग चर्चलाई बुझाउनुपर्छ । कुखुराका अण्डादेखि भैसीसम्म जे बेच्दा पनि त्यसबाट हुने आम्दानीको १० प्रतिशत रकम चर्चले पाउँछ । झालाङ गाविसका अध्यक्ष दिलबहादुर तामाङ स्पष्ट पार्छन्- 'अन्न वा अरू जुनसुकै वस्तु बेच्दा वा काम गर्दा प्राप्त हुने रकमको दशांश चर्चलाई बुझाउनुपर्छ । तर, अति गरिबहरूलाई चाहिं हामी विचार पुयाउँछौ ।

दशांश वा अन्य स्रोतबाट खडा गरिएको चर्चको कोषको रकम सामूहिक भलाइका लागि खर्च गर्ने गरिएको छ। 'कुनै इसाई परिवारको घर पहिरोले बगायो, आगलागीमा पन्यो वा यस्तै कुनै ट्रैविसंकट र आपतविपत पर्दा सोही कोषबाट सहयोग गरिन्छ, पास्टर भीममान तामाङ बताउँछन् ।

इसाई धर्म अंगाल्नेहरूले ल्होसार र दरी- तिहारजस्ता चाडपर्वहरूको सट्टा 'क्रिशमश' धुमधामकासाथ मनाउँछन् । बौद्ध वा हिन्दू चाडपर्वहरूको अवसरमा इसाईहरू छुट्टै एकत्रित भएर सांस्कृतिक कार्यक्रम गर्ने वा बनभोज जाने गर्छन्। गएको तिहारमा पाँचवटा गाउँका इसाईहरू तिप्लिङमा भेला भएर चार दिनसम्म सांस्कृतिक कार्यक्रम गरेका थिए। पुरानो संस्कृतिबाट मानसिक रूपमै 'मुक्ति' पाउन उनीहरूले त्यसो गरेको बताइन्छ ।

आजकल कसै-कसैको विवाह पनि चर्चबाटै गर्न थालिएको छ। यद्यपि, बच्चा जन्मदा बच्चाको 

नाम जुराउनचाहिं लामाहरूलाई नै बोलाउने चलन इसाई परिवारहरूले पनि छाड्न सकेका छैनन्। उनीहरू अझै पनि मर्दापर्दा गरिने धार्मिक संस्कार लामाबाटै गराउँछन् । 

धार्मिक विभाजन 

उत्तरी धादिङमा इसाई र गैर- इसाई समुदाय स्पष्ट रूपमा छुट्टिएको छ। बरू राजनीतिक रूपमा चाहि उनीहरू विभाजित छैनन् । त्यस भेकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकछत्र राज छ। उदाहरणका लागि गएको स्थानीय निर्वाचनमा तिप्लिङ, सेर्तुङ झलङ, रि र लापा गाविसका अध्यक्ष पदमा क्रमशः फैसङ घले, दिलबहादुर तामाङ, लालबहादुर तामाङ र सिंहबहादुर तामाङ पाँच जना राप्रपाको तर्फबाट निर्विरोध निर्वाचित भए। यद्यपि उनीहरूको धार्मिक आस्था फरक फरक छ झार्लाङ र रि गाविसका अध्यक्षहरू- कट्टर इसाई हुन् भने लापा, तिप्लिङ र सेर्तुङका अध्यक्षहरू बौद्धमार्गी हुन् तर इसाई भोट बिग्रने डरले उनीहरूले पनि इसाईहरूप्रति नरम दृष्टिकोण राख्ने गरेका छन् ।

गजबको संयोग के छ भने, राप्रपा नेता तथा धादिङका सांसद बुद्धिमान तामाङचाहि विश्व हिन्दू महासंघको केन्द्रीय सदस्य रहेका छन्। उनी गाउँमा जाँदा इसाईहरूविरुद्ध सक्रिय रहन्छन् भन्ने आरोप पनि लगाइन्छ । विगत १० वर्षदेखि इसाई धर्म प्रचारमा लागेका कार्लाङ गाविसका अध्यक्ष दिलबहादुर तामाङको प्रतिक्रिया छ- 'मन्त्रीज्यूले इसाई धर्म छाड्न दबाब दिनुहुन्छ। तर, प्रभुको काममा राजासँग त बराइन्न, अरूको के कुरा ?" नेपाल क्रिश्चियन फेलोशिपका महासचिव सिमोन पाण्डेले २०५३ पौष ४ गते काठमाडौमा एक पत्रकार सम्मेलन गरी सांसद तामाङले धादिङमा इसाईहरूलाई सताइरहेको भनी लगाएको आरोप यहाँनेर स्मरणीय छ। सांसद तामाङ आफूमाथिको आरोपलाई अनौठो ठान्दैनन्। उनको भनाई छ- 'मलाई झाल 'गाउँदेखि माथि इसाईविरोधी र त्यहाँभन्दा तल इसाईसमर्थक भन्छन् विपक्षीहरूले यही कुरालाई चुनावी मुद्दा पनि बनाउँछन् । तर, यो सबै झुठो हो। म बौद्धमार्गी हुँ। मर्दापर्दा सबै बौद्ध संस्कारअनुसार गर्छु।’

उनले अगाडि बताए- इसाईहरूले कम्युनिष्टलाई भोट हाल्दै हाल्दैनन् । झुक्किनु अलग कुरा हो, नत्र उनीहरूको हेडक्वार्टरले कम्युनिष्टहरूलाई जिताउन चाहँदैन। उनीहरूले कांग्रेसलाई मात्र भोट हाल्छन्। राप्रपा पनि दोस्रो प्राथमिकतामा पर्छ ।'

अर्थात् धादिङको इसाई मतले राजनीतिमा पनि ठूलो महत्त्व हालसम्म राप्रपाको पकडमा रहेको इसाई मत विस्तारै सो पार्टीबाट उकने सम्भावना पनि छ। पञ्चलाई भोट दिनु हुँदैन, यिनीहरू इसाईविरोधी हुन् भनेर आफूहरूलाई लाञ्छना लगाइएको कुरा तिप्लिङका अध्यक्ष फैसङ घले बताउँछन् । गत स्थानीय निर्वाचनमा राप्रपाकै हेम तामाङले विद्रोह गरेर इसाई समुदायको तर्फबाट तिप्लिङ गाविसको उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका थिए तर उनलाई मनोनयन पत्र दर्ता गर्नसमेत दिइएन ।

अर्कोतर्फ, इसाई र बौद्ध समुदायबीचको धार्मिक विभाजनले कट्टरपन्थी धारणालाई बढाउँदै लगेको छ र केही वर्षयता धार्मिक झडपहरू हुनथालेका छन्। चर्च र गुम्बाहरू भत्काउने घटनाहरू दोहोरिएका छन्। दुवैखाले धार्मिक समुदायबाट उग्र क्रियाकलापले प्रोत्साहन पाएको छ । इसाईहरू बौद्धहरूले ज्यादती गरेको आरोप लगाउँछन् भने बौद्धहरू इसाईहरूले निहुँ खाजेको गुनासो गर्छन् । तिप्लिङ गाविसका उपाध्यक्ष सुन्दर तामाङको आरोप छ- 'इसाई केटाहरूले धेरैवटा माने भत्काए। तिप्लिङको ठूलो गाउँको पुरानो गुम्बालाई भत्काएर त्यसकै ढुंगा र काठबाट त्यही चर्च बनाएका छन्। लिन्जो गाउँमा दुई सय वर्ष पुरानो बौद्ध माने (छ्योर्तेन) भत्काउने 'बदमासी' पनि भएको छ। ढुंगामा कुँदिएका बौद्ध मन्त्रहरू नष्ट पार्ने कार्य पनि भइरहेकी छ । विदेशीहरूको इशारामा स्थानीय इसाईहरूले माने र गुम्बा भत्काएर त्यहाँ रहेको बहुमूल्य 'यूँ' र 'सी' माला, श्रीखण्डका मूर्ति, चाँदी र तामाका पैसाहरू चोरेर लगेको आरोप बौद्धमार्गीहरू लगाउँछन् । इसाईहरूले गुम्बालाई चर्च बनाउन खोजेको र बौद्धमार्गीलाई 'सैतान' भनेर गाली गरेकोमा गम्भीर आपत्ति प्रकट गर्छन् ।

उता लापा र ओराङ (सेर्तुङ)का इसाईहरूलाई रातारात धर्म परिवर्तन गर्न बाध्य पारिएको घटनालाई इसाई समुदायले अपमानकक रूपमा लिएका छन् । गतसाल लापास्थित दुईवटा चर्चहरू बलपूर्वक भत्काइएको थियो भने धेरै इसाईहरू सिकिस्त हुनेगरी पिटिएका थिए । 'चर्च भत्काउने र कुट्ने काम गाविस अध्यक्ष सिंहबहादुर तामाङको नेतृत्वमा भएको थियो' इसाई जनप्रतिनिधि दिलबहादुर तामाङले दावी गर्दै बताए- 'अहिले पनि त्यहाँ कसैले म इसाई हुँ भन्न पाउँदैन ।'

लापा गाविसका अध्यक्ष सिंहबहादुर तामाङचाहिं इसाई क्रियाकलापका कारण चर्च भत्काउनु परेको स्पष्टिकरण दिन्छन् । उनका अनुसार, प्रहरीको सहयोगबाट चर्च भत्काइएको थियो र प्रहरीसमक्ष सहीछाप गराई इसाईहरूओई पुनः बौद्ध धर्ममा फर्काइएको थियो ।

यसअघि २०४४ सालमा रि गाउँमा पनि धार्मिक भिडन्त भएको कुरा स्थानीय वासिन्दाहरू स्मरण गर्छन् । २०४६ सालपछि अरू गाउँमा जस्तै सेर्तुङको बोराङमा पनि इसाई धर्म ग्रहण गर्ने लहर नै चलेको थियो। तर, २०४८ सालमा आएर त्यस 'लहर'लाई जवर्जस्ती रोक्ने काम गरियो । गुम्बा व्यवस्था तथा विकास समितिका सदस्य- सचिव मार्का तामाङकै शब्दमा, 'त्यसबेला भोराङमा दुई सय घर इसाई भइसकेका थिए। हामी पाँच परिवार मात्र बौद्ध थियौं । त्यही भएर मैले आफ्नो संस्कृति जोगाउन चर्चहरू भत्काएँ, गुम्बाको उत्थान गरे। त्यसैकारण मलाई सरकारले यो समितिको सदस्य सचिवमा मनोनीत गरेको हो।

अहिले बोराङमा कसैले पनि खुलेर इसाई हुँ भन्नसक्ने स्थिति छैन । २०४८ सालमा त्यहाँका दुईवटा चर्चहरू ध्वस्त पारिएका थिए। त्यसबाट निस्केका काठ र अन्य सामानहरू स्थानीय मुक्रामदेवी मा.वि.लाई प्रदान गरिएको कुरा सोही विद्यालयका शिक्षक बेनीमाधव 'ढकालले बताए।

पाँच वर्षअघि बोराङ गाउंमै इसाई धर्म प्रचारक 'फादर मिलरलाई राप्रपा नेता बुद्धिमान तामाङका भाइले पिटेका थिए। त्यसो त इसाईहरू पनि आफू बलियो भएको ठाउँमा अन्य धर्मावलम्बीहरूमाथि आक्रमण गर्नमा कम छैनन्। उनीहरूले गत दशैँको टीकाको दिन झार्लाङका बौद्ध धर्मगुरु रक्या पेम्बा लामालाई मरणासन्न हुने गरी पिटेका थिए । यसैगरी केही समयअघि बर्माबाट बौद्ध प्रशिक्षणको सिलसिलामा आएका भिक्षु जटिललाई बौद्ध गुरु भएकै कारण झार्लाङमा एक रात बाससमेत नदिएर दुःख दिने र अपमानित गर्ने कार्य गरिएको थियो । 

परिवर्तनको नरोकिने लहर

नेपाल अधिराज्यको संविधानले धार्मिक स्वतन्त्रता त दिएको छ, तर कसैले कसैको धर्म परिवर्तन गराउन नपाउने बन्देज पनि गरेको छ। तैपनि व्यवहारचाहिं धर्म परिवर्तन गराउने कार्य भइरहेकै छ धादिङका तत्कालीन). प्रमुख जिल्ला अधिकारी जन्मजय रेग्मीले समस्या दर्शाए- 'धर्म परिवर्तन गर्नेलाई समात्यो भने धर्म परिवर्तन गर्नेले आफै राजीखुसीले इसाई भएको हुँ भनिदिन्छ अनि कारवाही गर्ने मिल्दैन।

गतसाल हिउँदमा मैदी गाउँमा इसाई धर्मसम्बन्धी भिडियो देखाइरहेको ठाउँमा प्रहरीले हस्तक्षेप विभिन्न सामानहरू जफत गरेको थियो । धादिङका तत्कालीन प्रहरी नायब उपरीक्षक जीवन श्रेष्ठ भन्छन्- 'विना स्वीकृति धर्म प्रचार गरेको कारण हामीले भिडियो जफत गरेका थियौं, तर पछि फर्काइदियौं ।' पञ्चायतकालमा यसैगरी जफत गरिएका इसाई पुस्तक, क्यासेट प्लेयर, गिटार र अन्य बाजागाजाहरूचाहिं धादिङ जिल्ला अदालतमा अझै थन्किरहेका छन् ।

'इसाईहरूले विभिन्न गाउँमा ५० वटा जति घरहरू भाडामा लिएर धर्म प्रचार गरिरहेका छन्। केही विदेशी नागरिक र गै.स.स.हरू पनि यसमा संलग्न छन् । तिनीहरूले कानून उल्लंघन गरेर काम गर्दा पनि कारबाही गर्न सकिएको छैन । केही गन्यो भने एम्नेष्टी इन्टरनेशनलहरूले नचाहिंदो हल्ला फिजाइहाल्छन्, प्रजिअ रेग्मीले प्रशासनको बाध्यता उल्लेख गरे ।

जनप्रतिनिधिहरूमा पनि गैर-इसाई धार बलियो छ। धादिङ जिविसका सभापति खेमप्रसाद लोहनीको निष्कर्ष छ- 'इसाई धर्म बढ्यो भने सकारात्मक परिणाम आउंदैन। यो विदेशबाट आयातित धर्म हो, आयातकर्ताहरूको उद्देश्यभित्र दुराशय लुकेको हुनसक्छ । धर्म परिवर्तन गर्नाले मौलिकता पनि हराइरहेको छ।

पूर्वमन्त्री बुद्धिमान तामाङ पनि इसाई धर्म बढ्नाले तामाङ समाजको संस्कृति र परम्परामा गम्भीर धक्का पुगेको टिप्पणी गर्छन्। तर, त्यसलाई रोक्न सरकारी तबरबाट पहल गर्न नमिल्ने पनि बताउँछन्।

वास्तवमा उपरी धादिङका तामाङ गाउँहरूमा कहिल्यै पनि धार्मिक कट्टरता रहेन। 

उनीहरूले युगौंदेखि मान्दै आएको धर्म पनि विशुद्ध बौद्ध धर्म थिएन । त्यसमा झांकीपन्थको 

बढी प्रभाव थियो । यस अर्थमा उनीहरू लामापन्थी बौद्ध धर्म मान्ने प्रकृतिपूजक जनजातिका रूपमा रहेका थिए। तर, लामापन्थी बौद्ध धर्मले पनि त्यहाँका तामाङहरूलाई पूर्ण रूपमा बाँध्न सकेको थिएन । त्यही कुरा बुझेका इसाई धर्म प्रचारकहरू सामाजिक सेवाको आड लिएर त्यहाँ पुगे। गुम्बाका लामा र झाँकीहरूको दिक्कलाग्दो व्यवहार खप्दै आएका तामाङहरूले पनि नौलो धर्मको स्वागत गरे, जुन कम अझै जारी छ ।

उत्तरी धादिङमा भै मुलुकका अन्य भागहरूमा इसाई धर्मले जरा गाड्दै गइरहेको छ। यसको देशव्यापी विस्तारबाट धेरैले धेरैखाले खतरा देखेका छन्। जस्तैः इसाईहरूले विदेशी मुलुकको पक्षपोषण गर्छन्, धार्मिक साम्प्रदायिकता सल्कनसक्छ, नेपालको मौलिकता र अस्तित्व नै खतरामा पर्नसक्छ, आदि, आदि । बुद्धिमान तामाङ ठोकुवा गर्दै भन्छन्- 'अब नेपालमा इसाई बढ्छन्- अरु सबै धर्म लोप हुन्छ । पचास वर्षपछि नेपाल हिन्दुराष्ट्र नरहेर इसाईराष्ट्र बन्छ'

'विदेशी धर्म'ले सयौं वर्ष पुरानो 'स्वदेशी धर्म'लाई विस्थापित गर्ला त ? यस प्रश्नको तत्कालै उत्तर पाउन सजिलो छैन । तिप्लिङ, सेर्तुङ, झार्लाङ, लापा र रि जस्ता गाउँहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनेक छन्, जहाँ अशिक्षा, गरिबी र पछौटेपनाले स्थायी बास गरेका छन् । यस्ता ठाउँहरूमा सेवा, सहानुभूति र आधुनिक चेतना जगाउने क्रियाकलापहरूले स्वागत पाउनु अस्वाभाविक होइन । इसाई धर्म प्रचारकहरूले यिनै मूलमन्त्रलाई समातेका छन्। सरकारी सहयोग र सहानुभूति पटक्कै नपाएका, विकासको मुख देख्दै नदेखेका धादिङका दुर्गम गाउँहरूले उनीहरूबाट स्वास्थ्य र शिक्षाको ज्योति पाएका छन् । मुश्किलले हातमुखसम्म जोरिरहेका त्यस भेगका अति विपन्न जनताप्रतिको दायित्व निर्वाह गर्न राज्य पूर्णतः असमर्थ देखिन्छ। त्यसैले त्यहाँका जनताले गरिबी, पछौटेपन र अव्यवहारिक परम्पराबाट छुट्कारा पाउने आशा लिएर इसाई धर्म अंगालेका छन्। राज्यले जनताप्रतिको दायित्वबोध नगरेसम्म त्यहाँ धर्म परिवर्तनको बढ्दो लहर रोकिने सम्भावना पनि छैन । तस्वीरहरू : सुधीर शर्मा

(यो विशेष रिपोर्ट खोज पत्रकारिता केन्द्रबाट काठमाडौ टुडेका लागि तयार पारिएको हो । प्रकाशित मिति : भदौ १, २०५५)

पुनः प्रकाशन डिजाइन : उमेश श्रेष्ठ/MySansar.com